नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य बढेको छ।
बिज्ञापन
सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला दुई हजार एक सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








