सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ। संयुक्त अधिराज्य (युके०)अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्बर ४, मा आयोजना गरेको एक कार्यक्रमका बिच सिटिजन्स बैंकलाई बैंक अफ द ईयर २०२४ को अवार्ड प्रदान गरेको छ।
बिज्ञापन
बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दे बैंक अफ द ईयर २०२४ को सम्मान ग्रहण गरेका हुन। समारोहमा करिव १०० भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारीहरू गरि करिव ३०० जना भन्दा बढीको बाक्लो उपस्थिति रहेको थियो।
बिज्ञापन
बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेले बैकिङ्ग क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा अत्यन्त गौरवान्वित महसुस गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधि मैत्री आधुनिक बैंकिंङ्ग सेवा सुविधा ग्राहकहरूमाझ ल्याउनको लागि हौसला मिलेको बताए।
त्यसै गरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यस अवार्डको प्राप्ति सम्पूर्ण सरोकारवाला निकायहरूको सहयोग एवं कर्मचारीहरूको अहोरात्र मेहनतबाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य सहित सुशासन र प्रुडेन्ट बैंकिंङ्ग र हरित बैंकिंङ्गका सेवा सुविधाहरूमा थप बल गर्ने प्रतिबद्धता व्यक्त गरे।








