होमपेज > रवि समर्थक र प्रहरीबीच धकेलाधकेल

रवि समर्थक र प्रहरीबीच धकेलाधकेल

बिज्ञापन
बिज्ञापन

सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ।

बिज्ञापन

उनलाई मंगलबार काठमाडौँबाट चितवन लगिएको हो।  चितवन पुर्‍याइएलगत्तै बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ। चितवनस्थित सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई उनलाई चितवन लगिएको हो।

बिज्ञापन

उक्त सहकारीबाट ४२ करोड रुपैयाँ पाँचवटा कम्पनीमा गएको प्रहरीले जनाएको छ। हिनामिना भएको रकममध्ये १० करोड ८० लाख गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको प्रहरी अनुसन्धानमा उल्लेख छ। लामिछानेलाई चितवन लैजाँदा सुरक्षाका लागि भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने रविका समर्थक विमानस्थलबाहिर पुगेर नाराबाजी गरेपछि प्रहरी र रविका समर्थकबीच धकेलाधकेल समेत भएको थियो।

चितवन सहारा सहकारीको रकम अपचलनका विषयमा पीडितहरुले पछिल्लो पटक मंसिर ५ गते रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पूरक जाहेरी दिएका थिए। मंसिर ७ गते चितवनमा रविबिरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। सहकारी प्रकरणमा मुछिएका लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। त्यसपछि पोखरा लगिएका उनलाई रूपन्देही लगेर पनि बयान लिइसकिएको छ। पोखराबाट बिहीबार काठमाडौँमा ल्याएर बयान सकी उनलाई चितवन लगिएको हो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते