सिद्धार्थ बैंक लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।
बिज्ञापन
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ।
बिज्ञापन
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ।








