साताको कारोबारको अन्तिम दिन आज शेय बजारमा गिरावट आएको छ। आज नेप्से परिसूचक ८ दशमलव ३० अंकले घटेर २७४८ दशमलव ०५ को विन्दुमा पुगेको छ।
बिज्ञापन
बिहीबार ३०७ कम्पनीका ८३ हजार १२८ पटकको कारोबारमा एक करोड ६६ लाख ६३ हजार ३५५ कित्ता शेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँ रहेको छ।
बिज्ञापन
आज ५० कम्पनीको शेयर मूल्य बढ्दा १९४ कम्पनीको मूल्य घटेको छ। विशाल बजार र विन नेपालका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा एक्सेल विकास बैंकमा लगानीकर्ता झुम्मिएका छन्।








