होमपेज > ग्लोबल आइएमई बैंकले गर्‍यो विधुतीय शवदाह गृह निर्माणमा २० लाख सहयोग

ग्लोबल आइएमई बैंकले गर्‍यो विधुतीय शवदाह गृह निर्माणमा २० लाख सहयोग

बिज्ञापन
बिज्ञापन

ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।

बिज्ञापन

ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गरेकी हुन्। कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं। ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विधुतीय शवदाह गृह निर्माणको काम सुरु भएको कार्यवाहक नगर प्रमुख सुवेदीले बताए।

बिज्ञापन

साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिइन्। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरु छनौट गरी काम गरिरहेको छ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते