पाकिस्तानमा पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानका समर्थक तथा प्रहरीबीच झडप भएको छ। इस्लामवादमा इमरान खानको समर्थनमा सडकमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो।
बिज्ञापन
प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा मुडा गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो। हिंसात्मक प्रदर्शनपछि अधिकारीहरू राजधानीलाई लकडाउनमा राखेका छन्। निश्चित क्षेत्रमा राजमार्गहरू बन्द गरिएको छ भने फोन सेवा पनि अवरुद्ध गरिएको छ।
बिज्ञापन
खानले आफ्ना समर्थकको नाममा ‘अन्तिम आह्वान’ जारी गर्दै उनीहरूको माग सम्बोधन नगर्दासम्म राजधानीमै रहन अनुरोध गरेपछि प्रदर्शन सुरु भएको थियो। यतिबेला खान भ्रष्टाचारको लागि तीन वर्षको जेल सजाय भोगिरहेका छन्। तर खानले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन्।
रिहाइको माग गर्दै इस्लामवादमा खानकी पत्नी बुसरा बिवी पनि सडकमै आएकी छिन्। जनवरीमा खानको साथमा बिवीलाई पनि जेल सजाय दिइएको थियो। तर अक्टोबरको अन्त्यमा उनलाई रिहा गरियो।








