होमपेज > घट्यो दाल तथा गेडागुडीको अग्रिम आयकर, अब मूल्य सस्तिने

घट्यो दाल तथा गेडागुडीको अग्रिम आयकर, अब मूल्य सस्तिने

बिज्ञापन
बिज्ञापन

सरकारले दाल तथा गेडागुडी आयात गर्दा भन्सार बिन्दुमा तिर्नुपर्ने अग्रिम आयकरको दर घटाएको छ।

बिज्ञापन

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले केराउ, चना, सिमी, मास, राजमा, मुसुरो, बकुल्ला, रहर लगायत दाल तथा गेडागुडी आयातमा १० प्रतिशत अग्रिम आयकर तिर्नुपर्ने व्यवस्था चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा गरेका थिए। मन्त्रिपरिषद् निर्णयमार्फत त्यसलाई घटाएर सरकारले त्यसलाई साढे २ प्रतिशतमा झारेको हो।

बिज्ञापन

दाल तथा गेडागुडी आयातमा विगतदेखि नै १० प्रतिशत भन्सार दरबन्दी लाग्दै आएको छ। त्यसमा १० प्रतिशत अग्रिम आयकर थपिँदा उपभोक्ताको भान्सामा प्रयोग हुने दालको मूल्य बढेको थियो। यसरी तिरेको आयकर अर्को वर्ष समायोजन गर्न नमिल्ने भएकाले यो एक हिसाबले भन्सारकै अर्को रूप भएको एक चार्टर्ड एकाउन्टेन्टले बताए।

‘१० प्रतिशत अग्रिम आयकर भन्सारमा तिर्नु भनेको आयातकर्ताले ४० प्रतिशत नाफा गर्छ भनेर पहिल्यै आयकर लिनु जस्तै हो,’ उनले भने। १० प्रतिशत अग्रिम आयकर लिने व्यवस्थाको दाल उद्योगीले विरोध गर्दै आएका थिए। यो व्यवस्थाले ३५ अर्ब लगानी भएको यो उद्योग संकटमा पर्ने जोखिम रहेको उनीहरूले बताउने गरेका थिए। सरकारले उद्योगीको माग सम्बोधन गर्दै अग्रिम आयकर घटाउने निर्णय गरेको हो।

बिज्ञापन

सरकारले घटाएको अग्रिम आयकर आइतबारबाट कार्यान्वयनमा गइसकेको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले बताए।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते