सरकारले स–शुल्क टिकटको व्यवस्था गरेको पहिलो दिन ६६३ जना धरहरा चढेका छन्।
बिज्ञापन
पहिलो दिन टिकट काउन्टरबाट ६६३ जनाले धरहराको टिकट लिएको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले जानकारी दिए। सरकारले आइतबारदेखि शुल्क सञ्चालनमा ल्याएको धरहरा दैनिक एक हजार सङ्ख्यामा चढ्न पाउने व्यवस्था गरेको छ।
बिज्ञापन
हाललाई अनलाइन टिकट काट्ने व्यवस्था बन्द रहेको र केहि दिनमा सञ्चालनमा ल्याउने राईले बताए।








