होमपेज > बोराभित्र बाघको छाला बरामद, ४१ वर्षीय पुरुष पक्राउ

बोराभित्र बाघको छाला बरामद, ४१ वर्षीय पुरुष पक्राउ

बिज्ञापन
बिज्ञापन

कपिलवस्तुमा बाघको छालासहित एक जना पक्राउ परेका छन्।

बिज्ञापन

शिवराज नगरपालिका-२ हल्लानगरस्थित करूणा रेष्टुरेन्ट एण्ड लज बाहिरबाट आइतबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जन भट्टले जानकारी दिए। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-५ गोलपार्क बस्ने ४१ वर्षीय विष्णुप्रसाद भट्टराई छन्।

बिज्ञापन

बाघको छालाको कारोबार भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा सादा पोशाकको टोली खटिएको थियो। उक्त टोलीले रेष्टुरेन्ट बाहिर उभिरहेका भट्टराईको तलासी लिएको थियो। उनले बोकेको बोराभित्र बाघको छाला बरामद भएको हो।

उक्त छाला टाउकोदेखि पुच्छरको फेद सम्म ६ फिट लम्बाई छ। पुच्छरको भाग २ फिट २ इन्च लम्बाई भएको छ। चार वटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो तीन वटा सानो प्वाल देखिएको छ।

बिज्ञापन

थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय चन्द्रौटा कपिलवस्तु पठाइएको कार्यालयले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते