होमपेज > सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयद्धारा सम्मान

सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयद्धारा सम्मान

बिज्ञापन
बिज्ञापन

सरकारलाई बढी कर बुझाउने सिटी एक्सप्रेस मनी टान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले सम्मान गरेको छ। गत हप्ता मध्यमस्तरिय करदाता कार्यालयमा आयोजित करदातासंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मानित गरेको हो।

बिज्ञापन

सम्मानका क्रममा कार्यालयको तर्फबाट बधाई तथा शुभकामना दिदै शर्माले अन्य सम्पूर्ण करदाताले समेत सिटी एक्सप्रेस जस्तै समयमा कर तिर्ने करदाताको पहिचान बनाउन सबैलाई आग्रह गरेका थिए। सो कार्यक्रममा कर दातालाई कर इमान्दार भएर तिरिदिन कार्यालयको ततर्फबाट अनुरोध गर्दै कर शिक्षा, वक्यौता असुली र आर्थिक ऐन २०८१ ले दिएका सुविधा बारे छलफल भएको थियो । लसिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनले कर तिर्नु करदाताको दायित्व मात्र नभएर कर्तब्य पनि हो र सबै जनाले पारदर्र्शी रूपमा कर तिरि समृद्ध नेपाल बनाउन सहयोग गर्नको लागि सम्पूर्ण व्यक्तिहरुलाई अनुरोध पनि गरेका थिए। साथै मध्यमस्तरिय करदाता कार्यलयले व्यवसायीमैत्री सम्बन्धमा साथ काम गरेकोमा धन्यबाद दिए।

बिज्ञापन

मध्यमस्तरिय करदाता कार्यालयमा सिटी एक्सप्रेस, रेमिट्यान्स कम्पनीहरु मध्ये सबैभन्दा बढी कर बुझाएपछि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको हो । आर्थिक वर्ष २०७९्८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको छ ।कम्पनीलाई मंसिर १ गते शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९्८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको थियो। कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो। सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै १८ वर्षदेखि संसारभरबाट नेपालमा पैसा भित्र्याउन रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ।

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते