बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको छ। प्रेस्कटले जलवायु परिवर्तन सम्बन्धी सन् १९९७ को अन्तर्राष्ट्रिय क्योटो प्रोटोकलमा बेलायतका लागि वार्ताको नेतृत्व गरेका थिए।
बिज्ञापन
अमेरिकाका पूर्व उपराष्ट्रपतिलगायतले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै जलवायु सङ्कट समाधान गर्ने उनको प्रतिबद्धता प्रति सदाका लागि आभारी हुने बताएका छन्। बेलायती लेबर पार्टीबाट प्रधानमन्त्री बनेका कीर स्टारमरले प्रेस्कट श्रम आन्दोलनको अभियान्ताको रूपमा श्रमजीवी जनताको समर्थक र ट्रेड युनियनवादी रहेको बताएका छन्।
बिज्ञापन
चार दशकसम्म उत्तरी इङ्गल्यान्डको संसद सदस्यको रूपमा सेवा गरेका पूर्व व्यापारी नाविक तथा ट्रेड युनियन कार्यकर्ता प्रेस्कटको ‘शान्तिपूर्वक’ मृत्यु भएको उनकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पारेका छन्।
प्रेस्कटलाई सन् २०१९ मा प्यारालाइस भएको थियो। अल्जाइमरको समस्याका कारण उनले गत जुलाईमा संसदको माथिल्लो सदनको सदस्य पद छोडेका थिए।








