साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से ३१.३१ अंकले घटेर परिसुचक २६८० अंकमा घटेको हो।
बिज्ञापन
आज १ करोड ८४ लाख कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोडको कारोबार भयो।
बिज्ञापन
कारोबारमा आएका १९७ कम्पनि राताम्मे भएका छन् भने ४३ कम्पनिको शेयर मूल्य बढेको छ। यस्तै ४ कम्पनिको सेयर मूल्य स्थिर रहेको छ।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.८६ प्रतिशत घट्यो। बैंकिङ ०.९०, विकास बैंक १.४७, होटल तथा पर्यटन १.७३, हाइड्रोपावर ०.९०, लगानी ०.९०, जीवन बीमा १.३६, उत्पादन १.५४, माइक्रोफाइनान्स ०.६८, निर्जीवन बीमा १.१६, अन्य १.६७ र व्यापार समूह ०.९८ प्रतिशत घटे। जानाकी फाइनान्सको मूल्य १० प्रतिशत घट्यो।
बिज्ञापन
कारोबारका आधारमा आज नेपाल फाइनान्सले सर्वाधिक २५ करोडको कारोबार भयो। यस दिन सामूदायीक लघुबित्त र थ्रि स्टार हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढ्यो।








