कालीमाटी फलफूल तथा तरकारी विकास समितिले बुधवारको लागि तरकारी तथा फलफूलको मूल्य तोकेको छ।
बिज्ञापन
जसअनुसार बजारमा आज कुरिलोको भाउ बढेको छ। हिजोको तुलनामा कुरिलो १०० रुपियाँ बढेको छ। बुधवार कुरिलो प्रतिकिलो ११५० रुपियाँ पर्न गएको छ। हिजो भने १०५० मा बिक्री भएको थियो। आज सबैभन्दा धेरै भिण्डीको भाउ बढेको छ । आज भिण्डीको भाउ किलोमा ६० रुपैयाँले बढेर किलोको १५५ रुपैयाँ पुगेको छ।
बिज्ञापन
त्यस्तै, डल्ले च्याउ ३७ रुपियाँ महँगो भएको छ। हिजो २७६ मा कारोबार भएको च्याउ यस दिन बढेर ३१३ रुपियाँ कायम भएको छ। त्यस्तै लौका, तने बोडी, पालुङ्गो सागको भाउ किलोमा समान ३०/३० रुपैयाँले बढेको छ। आज लौका किलोमा ३० रुपैयाँले बढेर किलोको ८५ रुपैयाँ पुगेको छ। तने बोडी पनि किलोमा ३० रुपैयाँले नै बढेर किलोको १४५ रुपैयाँ पुगेको छ।
त्यस्तै पालुङ्गो साग आज किलोमा ३० रुपैयाँले बढेर ९५ रुपैयाँ पुगेको छ। टाटे सिमीको भाउ आज किलोमा २५ रुपैयाँले बढेर किलोको ११० रुपैयाँ पुगेको छ। त्यस्तै घिरौला र तराईको काउलीको भाउ पनि किलोमा समान २०/२० रुपैयाँले बढेर किलोको समान ८५/८५ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ।
बिज्ञापन
आज परवर लोकल,रातो बन्दा, भारतीय गालभेडा सानो लगायतको भाउ सामान्य घटेको छ। आज परवर लोकल किलोमा १५ रुपैयाँले घटेर किलोको ८० रुपैयाँमा झरेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ। त्यस्तै रातो बन्दा किलोमा १० रुपैयाँले घटेर ८५ रुपैयाँमा झरेको छ। आज भारतीय गालभेडा सानोको भाउ पनि ५ रुपैयाँले घटेर ७० रुपैयाँमा झरेको छ।








