होमपेज > अस्पतालमा आगलागी: १० नवजात शिशुको मृत्य, १६ शिशुको अवस्था गम्भीर

अस्पतालमा आगलागी: १० नवजात शिशुको मृत्य, १६ शिशुको अवस्था गम्भीर

बिज्ञापन
बिज्ञापन

भारतको उत्तर प्रदेश राज्यस्थित एक अस्पतालमा भएको आगलागीमा १० जना नवजात शिशुको मृत्यु भएको छ। झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबारको राति भएको घटनामा ३५ शिशुको जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन्। तीमध्ये १६ शिशुको अवस्था गम्भीर रहेको जनाइएको छ।

बिज्ञापन

आगलागीबाट उद्धार गरिएका शिशुहरूलाई सुरक्षित स्थानमा राखिएको जनाइएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार बिहान घटनास्थल पुगेका उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रिजेश पाठकले आगलागीमा १० जना शिशुको दुखद् मृत्यु भएको जानकारी गराएका थिए। तीमध्ये ७ वटा शवको पहिचान भएको अन्य ३ शवको पहिचान हुन बाँकी रहेको उनले बताएका छन्।

बिज्ञापन

उपमुख्यमन्त्री पाठकले घटनामा घाइते १७ शिशुहरूको सोही अस्पतालको आपतकालीन कक्षमा उपचार भइरहेको जनाए। उनका अनुसार ७ जनाको निजी अस्पतालमा उपचार भइरहेको छ। पाठकले आगलागीको कारणबारे अनुसन्धान भइरहेको र दोषीप्रति कडा कारबाही गरिने प्रतिबद्धता जनाएका हिन्दुस्तान टाइम्सले जनाएको छ। घटनाका बेला अस्पतालको एनआइसीयू वार्डमा ४७ नवजात शिशु रहेका थिए। घटनास्थलको फुटेजमा एनआइसीयू वार्डभित्र जलेका विस्तरा तथा पर्खालहरू देखिएका छन्। आक्रोशित परिवारहरू अस्पताल बाहिर पर्खिरहेका देखिन्छन्। झाँसीका प्रमुख जिल्ला अधिकारी अविनाश कुमारले युनिटमा विद्युतीय सर्किट सर्ट भएका कारण आगलागी भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत नवजात शिशुको मृत्युलाई ‘हृदयविदारक’ घटना भन्दै ज्यान गुमाउने शिशुका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्यका लागि निर्देशन दिएका छन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते