एनएमबि बैंकले विभिन्न ५ जिल्लाका १४ ठाउँको गैरबैंकिङ सम्पत्ति बेच्ने भएको छ।
बिज्ञापन
गैरबैंकिङ सम्पत्ति लिलामी गर्न एनएमबि बैंकले १५ दिनभित्र गोप्य आवेदन दिन आग्रह गर्दै विहीबार एक सूचना समेत सार्वजनिक गरेको छ। बैैंकले जारी गरेको यस्तो सूचना अनुसार सुनसरीको धरानमा तीन वटा कित्ताको घरजग्गा, मोरङमा एउटा कित्ताको जग्गा, सिराहाको रामनगरको तीन वटा कित्ताको जग्गा बिक्री गर्ने भएको छ।
बिज्ञापन
यो बैंकले दैलेखको नारायणमा रहेको तीन वटा कित्ताको घरजग्गा र रुपन्देहीको केरवानी तथा मधवलियामा रहेको घरजग्गालाई लिलामी बिक्री गर्ने भएको छ। बैैंकले लिलामी गर्न लागेको यी घरजग्गा लिन चाहने ग्राहकले तोकिएको प्रकृया पूरा गरी १५ दिनभित्र गोप्य शिलबन्दी आवेदन दिनुपर्ने भएको छ।








