भक्तपुरमा एक वृद्धाको शव फेला परेको छ। भक्तपुर नगरपालिका–३, दरबार स्क्वायरनजिक घर रहेकी उनी बिहीबार बिहान मृत भेटिएकी हुन्।
बिज्ञापन
उनको हत्या गरिएको प्रहरीको आशंका छ। ९४ वर्षीया विष्णुकुमाारी त्वयनाको खुट्टा बाँधिएको अवस्थामा शव फेला परेको हो। विष्णुको हत्या गरिएको आशंमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए।
बिज्ञापन
विष्णु आफ्नै घरको चौथो तलामा मृत भेटिएकी हुन्। तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।








