राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ। बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो।
बिज्ञापन
आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ। हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ। पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ। त्यहाँको एक्यूआई ७०८ रहेको छ। यो निकै खतरनाक मानिन्छ। उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ। त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ।
बिज्ञापन
तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ।








