कालिमाटी तरकारी थोक बजारमा सोमबार ठूलो गोलभेडा ९५ रुपैयाँमा बिक्री भएको छ। पछिल्लो समयमा केही सस्तो भएको गोलभेडा पुनः महँगो हुन थालेको छ।
बिज्ञापन
यस्तै लोकल सानो गोलभेडा ९०, टनेलको सानो गोलभेटा १२२, रातो आलु ७७.६७, सेतो आलु ६१.६७, गाजर १५५, बन्दा लोकल ४५, स्थानीय काउली ११०, सेतो मुला ४५, लाम्चो भान्टा ३७.६७, डल्लो भान्टा ६५, तने बोडी १२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कालिमाटी तरकारी बजारले जनाएको छ।
बिज्ञापन
मटरकोशा १३०, टाटे सिमी ८५, र तिते करेला ७५ रुपैयाँ प्रतिकिलोमा सोमबार बिक्री भएको छ भने लौका ५५, परवर ६५, चिचिण्डो ४५, घिरौला ६५, पाकेको फर्सी ३५, हरियो फर्सी(लाम्चो) ३५, हरियो फर्सी (डल्लो) ५०, भिण्डी ९५, बरेला ४५, पिडालु ११०, स्कुस १७.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।
त्यसैगरि रायो साग ५५, पालुङ्गो साग ५५, चमसुर साग १२७.५०, तोरीको साग ७५, हरियो प्याज ९५, तरुल ११०, कन्ये च्याउ २१०, डल्ले च्याउ ३००, ब्रोकाउली १५५ र भेडे खुर्सानी १३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कालिमाटी तरकारी बजारले जनाएको छ।








