नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ५० अर्ब तान्न लागेको हो।
बिज्ञापन
निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ। बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने छन्।
बिज्ञापन
निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नु पर्नेछ। यो रकमको साँवा र ब्याज राष्ट्र बैंकले मंसिर १६ गते भुक्तानी दिनेछ।








