होमपेज > बढ्यो काउलीको र गोलभेडाको भाउ, यस्तो छ अरू तरकारीको मूल्य

बढ्यो काउलीको र गोलभेडाको भाउ, यस्तो छ अरू तरकारीको मूल्य

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजारमा शनिबार काउलीको भाउ किलोमै २० रूपैयाँ बढेको छ।

बिज्ञापन

शनिबार बिहान कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार काउलीको भाउ प्रतिकिलो ८० देखि १०० रूपैयाँ प्रतिकिलो छ। शुक्रबार यसको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो थियो। आज गोलभेडाको भाउ पनि बढेको छ। भारतीय ठूलो गोलभेडाका भाउ किलोमा १० रूपैयाँ बढेर आज ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको छ।

बिज्ञापन

सानो लोकल गोलभेडाको भाउ पनि १० रूपैयाँ बढेर ४५ देखि ५५ रूपैयाँ प्रतिकिलो तोकिएको छ। भारतीय सानो गोलभेडाको भाउ ४४ देखि ४४ रूपैयाँ प्रतिकिलो छ। त्यस्तै टनेलको सानो गोलभेडाका भाउ शनिबार १० रूपैयाँ बढेर प्रतिकिलो ६५ देखि ८५ रूपैयाँ तोकिएको छ।

शनिबार रातो आलुको मूल्य केही घटेर ७८ देखि ८० रूपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ। भारतीय सुकेको प्याजको मूल्य स्थिर रही शनिबार १२० देखि १२५ रूपैयाँ प्रतिकिलो छ। त्यस्तै बन्दाको भाउ आज ४० देखि ५० रूपैयाँ तोकिएको छ। शुक्रबार यसको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो थियो।

बिज्ञापन

लाम्चो भन्टाको भाउ १० रूपैयाँ बढेर शनिबार ४० देखि ५० रूपैयाँ प्रतिकिलो तोकिएको छ। तने बोडीको भाउ १० रुपैयाँ घटेर १३० देखि १४० रूपैयाँ तोकिएको छ। मटरकोशाको भाउ १०० देखि ११० रूपैयाँ प्रतिकिलो छ। शुक्रबार यसको भाउ ८० देखि १०० रूपैयाँ थियो।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते