ओखलढुंगामा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
बिज्ञापन
जिल्लाको चिशंखुगढी गाउँपालिका–५ कालिमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । सुनिलले ती युवतीलाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
बिज्ञापन
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ।








