प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।
बिज्ञापन
बैंकको सञ्चालक समितिको आइतबार बसेको ५१४औँ बैठकले ९७ करोेड १ लाख २८ हजार ७८६ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो। उक्त नगद लाभांश रकम प्रतिशेयर ५ प्रतिशत (कर सहित) हुने बैंकका कम्पनी सचिव राजकुमार कार्कीले जानकारी दिए।
बिज्ञापन
प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात प्रदान गरिनेछ।








