होमपेज > शेख हसिनाले राजीनामा नदिएको खुलासा!

शेख हसिनाले राजीनामा नदिएको खुलासा!

बिज्ञापन
बिज्ञापन

बंगलादेशकी पुर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई देश छोडेको खुलासा भएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले आफूसँग पूर्व प्रधानमन्त्री शेख हसिनाको राजीनामाको कुनै दस्तावेजी प्रमाण नभएको बताएपछि यस्तो खुलासा भएको हो।

बिज्ञापन

हसिनाले विद्यार्थीको नेतृत्वमा व्यापक प्रदर्शनका बीच गत अगस्तमा देश छोडेकी थिइन् । यसैबीच राष्ट्रपति शाह्बुद्दीनले हसिनाले राजीनामा दिएको सुनेको र धेरै प्रयास गर्दा पनि उनले राजीनामा दिएको कुनै कागजपत्र फेला पार्न नसकेको बताएका छन्। राष्ट्रपतिले दिएको एक अन्तर्वार्तामा यस्तो बताएपछि बंगलादेशको राजनीति तरंगित बनेको छ। राष्ट्रपतिले दिएको अन्तर्वार्ताका अनुसार गत अगस्त ५ मा हसिना भेट्न आउने फोन आएको थियो तर एक घन्टाभित्रै उनी आउन नसक्ने भन्दै अर्को फोन आयो । यसपछि उनले सैन्य महासचिव आदिलसँग सम्पर्क गरे तर उनलाई यस बारेमा कुनै जानकारी थिएन।

बिज्ञापन

राष्ट्रपतिले भनेका छन्, ‘जताततै अशान्तिको खबर आएको थियो, मैले मेरो सैन्य महासचिव आदिल (मेजर जनरल मोहम्मद आदिल चौधरी) लाई यसबारे हेर्न भनें। उनीसँग पनि कुनै जानकारी थिएन। हामीले पर्ख्यौं र टिभी स्क्रोल गरिरह्यौं। कुनै खबर थिएन। पछि उनले मलाई जानकारी नदिई देश छाडेको सुने।’ राष्ट्रपति शाहबुद्दीनले सेना प्रमुख जनरल वकार बंगभवनमा आएपछि प्रधानमन्त्रीले राजीनामा दिएको हो कि भनेर जान्न खोजेको बताए। उनले भने- ‘एक दिन क्याबिनेट सचिव राजीनामा पत्रको प्रतिलिपि लिन आए। मैले पनि खोजिरहेको छु भनेँ। उनले अहिले यस विषयमा बहस गर्नुको कुनै अर्थ नरहेको बताए। हसिना गइन् र यो सत्य हो।’

राष्ट्रपतिले हसिना बाहिरिएपछि आफूले सर्वोच्च अदालतको राय लिएको र अदालतले अन्तरिम सरकार गठन गर्न सकिने बताएको बताए। यसैबीच कानुनी सल्लाहकार डा आसिफ नजरुलले राष्ट्रपतिको भनाइ आफैंमा विरोधाभासपूर्ण रहेको भन्दै हसिनाले राजीनामा दिएको बताएका छन्। हसिनाका कट्टर प्रतिद्वन्द्वी र पूर्व प्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले राष्ट्रपतिले राष्ट्रका नाममा गरेको सम्बोधनमा बंगलादेशको प्रधानमन्त्रीबाट हसिनाको राजीनामाको बारेमा झूट बोलेको बताएको छ।

बिज्ञापन

बिएनपीका उपाध्यक्ष जैनुल आबेदिनले भने, ‘म भन्न चाहन्छु कि राष्ट्रपतिले सरकार गठन भएको दुई महिनापछि निश्चित एजेण्डा लिएर यस्तो अभिव्यक्ति दिएका हुन्। राष्ट्रपतिले झुट बोलेका छन्।’

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते