होमपेज > हिमालयन क्यापिटल गर्‍यो लाभांश घोषणा

हिमालयन क्यापिटल गर्‍यो लाभांश घोषणा

बिज्ञापन
बिज्ञापन

हिमालयन क्यापिटलले शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

बिज्ञापन

लाभांश पारित गर्न तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले सातौं वार्षिक साधारणसभा डाकेको छ। सभा कात्तिक २८ गते, कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई करसहित ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ।

बिज्ञापन

त्यस्तै, सभाले गत आवको सञ्चालक समिति तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ।

साथै, चालू आवका लागि लेखारीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, सञ्चालक नियुक्ति गर्ने तथा सञ्चालकहरुको भत्ता तथा अन्य सुविधामा छलफल गरी पारित गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ।

बिज्ञापन

सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र सोपश्चात् प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि पेश हुनेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते