कालीमाटी होलसेल तरकारी बजारमा बोडी महँगिएको छ ।
बिज्ञापन
अघिल्लो दिन प्रतिकिलो अधिकतम १०० रुपैयाँ रहेको तने बोडी सोमबार १५० रुपैयाँ पुगेको छ । ५० रुपैयाँमा कारोबार भएको मकैबोडी ७० रुपैयाँ पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार घिरौंला सस्तिएको छ ।
बिज्ञापन
अघिल्लो दिन ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको घिरौंला आज ६० मा झरेको छ । लौका ५०, परवर ७०, चिचिन्डो ५०, घिउ सिमी ८०, राजमा १५०, टाटे सिमी ८०, तिते करेला ६०, पाकेको फर्सी ६०, डल्लो हरियो फर्सी ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
समितिका अनुसार सोमबार कालीमाटी बजारमा ठूलो गोलभेँडा १५०, सानो स्थानीय गोलभेँडा १२०, रातो आलु ८५, भारतीय रातो आलु ५८, प्याज १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । स्थानीय काउली १२०, रातो मुला ५०, सेतो मुला ४०, लाम्चो भन्टा ७०, मटरकोशा १८० रुपैयाँ किलो छ ।








