माछापुच्छ्रे बैंकले ठूलो संख्यामा संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न शेयरधनीको नाममा रहेको कुल १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा राखेको हो ।
बिज्ञापन
यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । इच्छुक लगानीकर्ताले आजका मितिले ७ दिनभित्र आवश्यक कागजातसहित माछापुच्छ्रे क्यापिटल लिमिटेडको सुन्धारा बाघदरबारस्थित जेडिए कम्प्लेसको तेस्रो तल्लामा आफूले किन्न चाहेको मूल्य र शेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ ।
बिज्ञापन
बैंकले यसअघि उक्त शेयर बिक्रीका लागि दुईपटक सूचना प्रकाशित गरिसकेको छ । तोकिएको समयमा खरिद निवेदन नपरेपछि अहिले सर्वसाधारणका लागि खुला गरिएको बैंकले जनाएको छ ।
बिज्ञापन








