होमपेज > एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बिज्ञापन
बिज्ञापन

एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव मिति २०८१ साल कार्तिक १ गते का दिन भव्यताका साथ मनाएको छ ।

बिज्ञापन

उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ ।

बिज्ञापन

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरुमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ । ३० औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाइ भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट रु एक करोड को आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रममा, एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष श्री बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा।डा। भगवान कोइरालालाई उक्त चेक हस्तान्तरण गरे । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

बिज्ञापन

सामाजिक उत्तरदायित्व अन्तर्गतनै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौं कोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन् । पंजाब नेशनल बैंक, भारत, संगको संयुक्त लगानीमा स्थापित यो बैंक स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइमा रहेको छ ।

करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु र १६७ एटिएम मेशीनसहित विश्वब्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले बिभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्य समेत गर्दै आइरहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते