नेपाल बैंक र नवडर्मा स्किन एन्ड लेजर एस्थेटिक्सबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
बिज्ञापन
सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकले काठमाडौंको नयाँ बानेश्वर र भक्तपुरको कौशलटारमा रहेको नवर्डामा उपचार गर्दा छुट पाउनेछन् । क्लिनिकको विविध सेवा शुल्कमा बैंकका कर्मचारीले १५ र ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जानकारी दिएको छ ।
बिज्ञापन
सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र नवडर्माका प्रबन्ध निर्देशक श्रेया पाँडेले हस्ताक्षर गरे ।








