होमपेज > विजया दशमी: टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

विजया दशमी: टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

बिज्ञापन
बिज्ञापन

आज विजया दशामी, विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा छ ।

बिज्ञापन

घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत आज बिहान ८ बजेर ३३ मिनेटमा छ । टीकाको उत्तम साइत भने ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा छ । यद्पि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन छ ।

बिज्ञापन

ठूला वा मान्यजनको हातबाट टीका जमरा लगाएर दशैंमा आशिर्वाद थाप्ने गरिन्छ । टीका लगाउदाँ टिका लगाइदिने व्यक्ति पश्चिम र टिका लगाउने व्यक्ति पूर्व फर्कनुपर्ने धार्मिक मान्यता छ । विजया दशमीको दिन टीकाको साइत गरेसँगै देविको प्रसादको रुपमा कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने प्रचलन छ ।

तर, केही स्थानमा भने विजया दशमीको दिनमा मात्र टीका र जमरा लगाउने गरिन्छ । यस बर्ष असोज १७ गते घटस्थापनाको दिन बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत गरेर सुरु भएको दशैं कार्तिक एक गते पूर्णिमाको दिनबाट सकिनेछ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते