फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
बिज्ञापन
कालीमाटीमा आज आलु, डल्ले च्याउसहित धेरैजसो तरकारीको मूल्य बढेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा १४५, सानो लोकल गोलभेँडा ९८, रातो आलु ८६, मुडेको रातो आलु ७९, सुकेको भारतीय प्याज १०७, लोक गाँजर १४५, लोकल बन्दा ४५, तराईको बन्दा ३५ रुपैयाँ प्रतिकिलो छ।
बिज्ञापन
त्यसैगर स्थानीय काउली ११०, मुला ५५, भन्टा ७७, तने बोडी ७५, मकै बोडी ८५, तिते करेला ८५ रुपैयाँ प्रतिकिलो छ । ्लौका ५५, परबल ७५, घिरौँला ११०, पाकेको फर्सी ५५, हरियो फर्सी ३५, भिन्डी ७७, स्कुस ३५, पालुंगोको साग २७४, रायोको साग २२८, कन्य च्याउ १३५, डल्ले च्याउ ४७२, ब्रोकाउली ११० रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो भारतीय गोलभेँडा १४१, नेपाली लोकल गोलभेँडा १०१, रातो आलु ८६, मुडेको रातो आलु ८२, सुकेको भारतीय प्याज १०७, लोकल गाँजर १४५, तराईको गाँजर १३५, लोकल बन्दा ५५, स्थानीय काउली १३५ रुपैयाँ प्रतिकिलो थियो।
बिज्ञापन
त्यसैगरी हिजो रातो मुला ६४, सेतो मुला ६५, भन्टा ६५, तने बोडी १११, मकै बोडी ५५, करेला ७५, परबल ८५, घिरौँला ७५, पाकेको फर्सी ५५, हरियो फर्सी ३५, भिन्डी ८५, रायोको साग २०३, पालुंगोको साग २१०, तोरीको साग ११०, कन्य च्याउ १७६, डल्ले च्याउ ४७६, ब्रोकाउली ९५ रुपैयाँ प्रतिकिलो थियो।








