एमएडब्लू वृद्धिको आयोजनामा पोखरा इभेन्ट सेन्टरमा तीन दिनसम्म चलेको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प सम्पन्न भएको छ ।
बिज्ञापन
इलेक्ट्रिक सवारीसाधनमा चासो राख्ने गण्डकीका ग्राहकले काठमाडौँका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लू वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाएका छन् ।
बिज्ञापन
ईभीप्रेमीहरूले तीन ब्रान्डका ईभीका इनोभेटिभ फिचर, लक्जरी र पर्फमेन्सबारे जानकारी लिनुका साथै टेस्ट ड्राइभ गर्नुका साथै नयाँ पुस्ताको इलेक्ट्रिक कार खरिद गरेका थिए । यो प्रतिक्रियाले यो क्षेत्रमा इलेक्ट्रिक सवारीसाधनको बढ्दो रुचीलाई प्रदर्शन गरेको कम्पनीको भनाइ छ ।
क्याम्पमा गण्डकी क्षेत्रका ग्राहकहरूले नामी, सेरेस र दिपल ईभीको एक्सपेरियन्स गरेका थिए । गत साता पोखरामा भव्य समारोहबीच एमएडब्लू वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्ड दिपल र नामीलाई सार्वजनिक गरेको थियो ।








