नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।
बिज्ञापन
गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ ।
बिज्ञापन
शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइए पनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।
यो पनि पढ्नुहोस्:
बिज्ञापन
दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध








