माछापुच्छ्रे बैंक लिमिटेडले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित २४औँ वार्षिकोत्सव मनाएको छ । उक्त कार्यक्रममा बैंकले केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा केक काटेर उल्लासकासाथ वार्षिकोत्सव मनाएको छ ।
बिज्ञापन
माछापुच्छ्रे बैंकले २४औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरूलाई विभिन्न प्रकारका विशेष सुविधाहरू प्रदान गर्दै आएको छ । साथै ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ देशभर रहेका विभिन्न शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ । बैंकले वृद्धाश्रम तथा बाल मन्दिरहरूमा सहयोग, वृक्षारोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ । जुन असोज महिनाभर जारी रहने बैंकले जनाएको छ ।
बिज्ञापन
केहीदिन अगाडि आएको बाढी -पहिरोमा परि विस्थापित भएका काभ्रेको रोशी गाउँपालिका १ / २ का पीडित घरपरिवारलाई २०० थान ब्लाङ्केट समेत बैंकले प्रदान गरेको छ । बाढी पहिरोका कारण विभिन्न स्थानहरूमा बाटो अवरुद्ध हुँदा बैंकले उक्त ब्लाङ्केटहरु रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो । यस लगायत बैंकका विभिन्न शाखा कार्यालयहरूको माध्यमबाट स्थानीय तहमा आवश्यक विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आएको छ ।
बैंकले २४औ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरू सञ्चालनमा ल्याएको छ । बैंकले असोज १ देखि ३० गते सम्मको अवधिमा बैंकको मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको हो ।








