लामो र बाक्लो कपाल सबैलाई मन पर्छ । तर, विभिन्न व्यस्त जिवनशैलीका कारण हामिले कपालको स्याहार गर्न सकिरहेका हुदैनाै। मानिसहरु आफ्नो कपाल सुन्दर बनाउन धेरै प्रयास गर्छन् । तर पनि कपाल झर्ने क्रम जारीनै छ ।
बिज्ञापन
कपाल झर्नु सामान्य समस्या हो । तर कपाल लगातार झर्छ भने यो ठूलो समस्या हुन जान्छ । यस्तो अवस्थामा यदि तपाईंको कपाल लगातार झर्न थालेको छ भने अब तपाईलाई चिन्ता लिनु पर्दैन । किनभने यी विभिन्न उपायको मद्दतले कपाल झर्ने समस्या कम गर्न सकिन्छ ।
बिज्ञापन
-कपाल झर्न कम गर्ने उपाय:
१-ताजा नीम पातको प्रयोग
बिज्ञापन
नीमको ताजा पातलाई भाँडोमा हालेर त्यसमा अलिकति पानी हालेर ग्यासमा उमाल्न सक्नुहुन्छ । पानी आधा घटेपछि यो पानीले कपाल धुन सकिन्छ । यो पानीमा स्याम्पु हालेर पनि कपाल धुन सकिन्छ । यसले कपाललाई बलियो बनाउँछ र कपाल झर्न पनि कम गर्छ।
२-मेथी बीउको प्रयोग
मेथीको दाना प्रयोग गरेर कपाल बलियो बनाउन सकिन्छ । मेथी दाना कपालको लागि वरदान भन्दा कम छैन। यति मात्र होइन, मेथीको दानाले कपाललाई चमक दिन्छ। यस्तो अवस्थामा मेथीको दानालाई रातभर पानीमा भिजाउनुहोस् । यसलाई पिसेर भोलिपल्ट बिहान पेस्ट बनाउनुहोस् । यो पेस्ट कपालमा लगाउनुहोस् र आधा घण्टा पछि कपाल धुनुहोस्।
३-अण्डाको प्रयोग
यदि तपाईं कपाल झर्न रोक्न चाहनुहुन्छ भने, अण्डा तपाईंको लागि उत्तम विकल्प हुन सक्छ। तपाईं अण्डा प्रयोग गरेर आफ्नो कपाल बलियो बनाउन सक्नुहुन्छ । यसका लागि तपाईंले एउटा अण्डालाई कपालमा लगाउनु पर्छ। आधा घण्टा पछि कपाल धुन सक्नुहुन्छ ।
४-प्याजको रस
प्याजको रसले कपालको वृद्धिका लागि अतिरिक्त सल्फर प्रदान गर्छ । जसले कपाल झर्न रोक्ने काम गर्छ । आधा प्याजको रस निकाल्ने र कपालको जरामा लगाएको ३० देखि ६० मिनेटमा पखाल्ने गर्नुपर्छ । यो प्रक्रिया हप्तामा दुई पटक गर्दा कपाल झर्ने समस्यामा कमि आउँछ ।
५-नरिवलको तेल
नरिवलको तेल कपालको वृद्धि विकासमा निकै फाइदाजनक हुन्छ । हप्तामा दुई पटक नरिवलको तेलले मालिस गर्ने गर्नुपर्छ जसले कपाल मजबुत बनाउँछ ।
–तपाईंले आफ्नो आहारमा प्रोटिन, भिटामिन, आइरन, मिनरल्स जस्ता स्वस्थ खानाहरू समावेश गर्नुपर्छ र दिनभर कम्तीमा ८ देखि १० गिलास पानी पिउनुपर्छ । यति मात्र होइन, कपाल झर्नबाट जोगाउनको लागि पर्याप्त निद्रा पनि अति आवश्यक छ। यसले तपाईको कपाल बलियो बनाउँछ। यी सबै चीजहरू प्रयोग गरेर तपाईं आफ्नो कपाल झर्ने कम गर्न सक्नुहुन्छ।








