होमपेज > ९ कक्षा मात्रै पढेर अपरेसन गर्ने नक्कली डाक्टर पक्राउ

९ कक्षा मात्रै पढेर अपरेसन गर्ने नक्कली डाक्टर पक्राउ

बिज्ञापन
बिज्ञापन

थाइल्यान्डमा एउटा अचम्म खालको घटना सार्वजनिक भएको छ । बिना मेडिकल लाइसेन्स लिंग बढाउने अपरेसन गर्दै आएका ९ कक्षा मात्रै पढेका एक जना ३६ वर्षका पुरुष पक्राउ परेका छन् ।

बिज्ञापन

ती पुरुष मध्य थाइल्यान्डको सामुत साखोनका कित्तिकर्न सङ्गश्री हुन् । उनी गएको हप्ता मात्रै स्टिङ अपरेसनका क्रममा पक्राउ परेका थिए । आफूले सामाजिक सञ्जालबाट विज्ञापन दिने गरेको र हरेक महिना दुई तीन जना क्लाइन्टको अपरेसन गरेर लिंग बढाइदिने गरेको उनले प्रहरीसामु स्वीकार गरेका छन् ।

बिज्ञापन

तर सो कामका लागि उनीसँग कुनै मेडिकल लाइसेन्स भने थिएन । आफू १४ वर्षको हुँदै खेरी यस्तो काम सिकेको र त्यसयता लिंगमा सिलिकन इम्प्लान्टको काम गर्न थालेको उनले बताए । उनी २० वर्षदेखि यो काम गरिरहेका थिए । तर यसै क्रममा एक जना क्लाइन्टमा गम्भीर सिलिकन संक्रमण भएपछि ती रुष्ट क्लाइन्टले अधिकारीहरूलाई उजुरी गरिदिएका थिए । ती छद्मभेषी डाक्टरलाई रंगेहात समात्न अन्डरकभर एजेन्ट सम्भावित क्लाइन्ट बनेर गएका थिए ।

सङ्गश्रीले अपरेसनका लागि बोलाएपछि अधिकारीहरूको एउटा समूहले डाक्टरको क्लिनिकमा छापा मारेका थिए । त्यसपछि उनले सबै कुरा कबुल गरेका थिए । हरेक सिलिकन इम्प्लान्टका लागि उनले ५ हजार भाटदेखि २० हजार भाटसम्म शुल्क लिन्थे । उनीमाथि अनधिकृत मेडिकल क्लिनिक चलाएको र लाइसेन्स बिना मेडिकल सेवा उपलब्ध गराएको अभियोग लागेको छ । आफैँले सिकेर किशोरावस्थादेखि ती पुरुषले त्यस्तो खालको जटिल शल्यक्रिया कसरी गरे र २० वर्षसम्म यसबारे कसैले सुँइको किन पाएन भन्ने चाहिँ रहस्यकै कुरा हो ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते