होमपेज > जापानमा भयो चामलको अभाव

जापानमा भयो चामलको अभाव

बिज्ञापन
बिज्ञापन

चामल जापानको मुख्य खाद्य वस्तु हो । सुशीदेखि ओनिगिरी र याकितोरी डोनसम्म कयौँ परिकारमा चामलकै प्रयोग हुन्छ । तर अहिले जापानले दशकौँयताकै उच्च चामल अभावको सामना गरिरहेको छ ।

बिज्ञापन

खराब मौसमका कारण चामल उत्पादन प्रभावित भएकै समयमा पर्यटकको आगमनमा भएको वृद्धिका कारण चामलको माग बढ्दा हालैका महिनामा चामल अभाव झनै चर्किएको छ । यस वर्षको गर्मीयामभरि जापानमा सुपरमार्केटमा चामलको बोरा खासै धेरै देख्न पाइएन । गएको तीन वर्षयता त्यहाँ चामलको उत्पादन भन्दा माग धेरै छ । यसले गर्दा चामलको सञ्चिति २० वर्षकै न्यून स्तरमा झरेको अमेरिकी कृषि मन्त्रालयले गत हप्ता सार्वजनिक गरेको प्रतिवेदनमा भनेको थियो । जापानमा ताइफुको सिजन नजिकिँदै गरेको अनि ठुलै भूकम्प जाने चेतावनीबिच उपभोक्ताहरूले पनि जगेडा चामल थुपारेर राख्न थालेका छन् ।

बिज्ञापन

अगस्टमा चामलको अभाव भएपछि जापानी सुपर मार्केटहरूले एक जनाले एक झोला चामल मात्रै किन्न पाउने नियम ल्याएका थिए । पर्यटकहरूको आगमन बढेसँगै चामलको प्रयोग गरेर बनाइने सुशीलगायत परिकारको माग बढ्दा आंशिक रूपमा चामलको अभाव भएको एनएचकेले भनेको छ । अगस्टमा जापानमा प्रति ६० केजी चामलको भाउ १६ हजार १३३ येनमा पुगेको थियो । यो अघिल्लो महीनाको तुलनामा ३ प्रतिशत धेरै हो भने यस वर्षको सुरुयता ५ प्रतिशत धेरै हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते