कालीमाटी फलफूलल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
बिज्ञापन
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडाको मूल्य १० रुपैयाँ बढेको छ। हिजो किलोको ७५ रुपैयाँ रहेको भारतीय गोलभेँडा आज ८५ रुपैयाँ प्रतिकिलो पुगेको छ। सानो नेपाली गोलभेँडा पनि आज महँगिएको छ। हिजो कालीमाटीमा सानो लोकल गोलभेँडा २५ रुपैयाँ प्रतिकिलो थियो। आज भाउ बढेर ३५ रुपैयाँ पुगेको समितिले जनाएको छ।
बिज्ञापन
कालीमाटीमा आज सबै खाले आलुको मूल्य बढेको छ। हिजो बढेको आलुको मूल्य आज पनि बढेर झन् महँगो बनेको हो। कालीमाटीमा आज भारतीय रातो आलु ६५, मुडेको रातो आुलु ६६, सुकेको भारतीय प्याज ११२, लोकल गाँजर १२५, तराईको गाँजर ११०, लोकल बन्दा ४५, तराईको बन्दा ३५, स्थानीय काउली ८५, सेतो मुला २२, रातो मुला ३१ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी लाम्चो भन्टा ३०, डल्ले भन्टा ३५, बोडी ८५, करेला ६५, परबल ६५, चिचिन्डो २५, घिरौँला ७५, पाकेको फर्सी ४५, हरियो फर्सी ३७, स्कुस २२, कन्य च्याउ १४०, डल्ले च्याउ ३३३, कुरिलो ४५०, ब्रोकाउली १२५ रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ। यो सबै औसत मूल्य हो।








