केरा गुणकारी फल हो । केरा फलहरु मध्येमा सबैभन्दा उत्तम फल हो । यसमा स्याउमा भन्दा ४ गुणा बढि प्रोटिन, दोब्बर कार्बोहाइड्रेट, तेब्बर फोस्फोरस, पाँच गुणा बढि भिटामिन ए तथा आइरन पाइनुका साथै दोब्बर मात्रामा अन्य भिटामिन तथा लवण पाइन्छ ।
बिज्ञापन
यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ । केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । केरामा मुख्यतया तिनवटा प्राकृतिक सुगर पाइन्छ, सुक्रोज, क्टोज र ग्लुकोज । त्यसका साथै यसमा प्रसस्त फाइबर समेत पाइन्छ । त्यसकारण केरा निकै तिब्र तथा खपाउ उर्जावर्धक फल हो ।
बिज्ञापन
विभिन्न अध्ययनबाट के पुष्टि भएको छ भने दुइ कोसा केरा खाने हो भने ९० मिनेटसम्म धपेडीयुक्त काम गर्नलाई समेत सरीरमा पर्याप्त उर्जा पुग्छ । विश्वमा खेलाडिहरुको लागि केरा नम्बर वान फल हो । केरा केवल जिउमा शक्तिवर्धक फलको रुपमा मात्र होइन यसले हामीलाई विभिन्न खाले रोगबाट बचाउँछ पनि ।
केरा खानुको फाईदाहरु:
बिज्ञापन
१- डिप्रेसन समस्यामा लाभदायक
डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुने तथ्य पछिल्लो अनुसन्धानले देखाएको छ । केरामा ट्रिप्टोफ्यान भन्ने तत्व हुन्छ जुन एक प्रकारको प्रोटिन हो र यसलाई मानिसको सरीरले सेरोटोनिनमा बदल्छ । सेरोटोनिन यस्तो तत्व हो जसले सरीरमा आनन्द (रिल्याक्स) पैदा गर्छ, तनाव घटाउँछ, मूड सुधार्छ र खुसी अनुभुति गराउँछ । केरामा भिटामिन बी ६ पनि पाइन्छ जसले सरीरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँछ र यसले पनि तनावलाई नियन्त्रण गर्न सहयोग पूराउँछ ।
२- रक्तअल्पता तथा उच्च रक्तचाप
केरामा उच्च मात्रामा फलाम तत्व पाइन्छ जसले रगतमा हेमोग्लोबिन अर्थात् रक्तकणको उत्पादन बढाउँछ र रक्तअल्पताबाट बचाउन सहयोग गर्छ । केरामा पर्याप्त मात्रामा पोटासियम लवण पाइन्छ जसले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।
३- मस्तिष्कको क्षमता विकास
केराले स्मरण शक्ति बढाउने गर्छ । केरामा पर्याप्त पोटासियम समेत हुने भएकाले यसले जिउलाई बढि सक्रिय बनाउन मद्दत गर्ने र सिकाइका लागि उत्प्रेरित गर्दछ ।
४- कब्जियत भएमा
केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।
५- ह्याङओभर भएमा
कुनै एकोहोरो तथा दिक्क लाग्ने खालको काम गरेपछि, निकै व्यस्त समयबाट उम्किएपछि वा मदिरापान पछि हुने टाउको दुखाइ अर्थात् ह्याङओभरलाई हटाउनका लागि केरा निकै उपयुक्त हो । खासगरी मिल्क सेक (दुध र केराको लेदो) मा मह मिलाएर पिउनाले टाउको दुखाइ कम हुन्छ । साथै यसले पेटलाई शान्त पार्ने, जिउमा घटेको सुगर लेभललाई सन्तुलित बनाउनुका साथै सरीरको पानीलाई पूनःभरण गर्न समेत मद्दत गर्दछ ।
६- छाति पोल्ने
छाति पोल्ने, पेटमा अम्लपना बढेर डकार आउने, अमिलो पानी आउने तथा छाति पोल्ने जस्तो समस्या देखिएमा केराको सेवन उपयोगी हुन्छ । केरामा प्राकृतिक अम्लप्रतिरोधी तत्व हुन्छ ।
७- गर्भावस्थामा वाकवाकी हुँदा
गर्भावस्थाका सुरुका दिनहरुमा बिहानपख वाकवाकी आउने तथा वान्ता हुने र जिउ बिमार हुने समस्यासँग जुध्नका लागि केरा निकै उपयोगी हुन्छ । केराले रगतमा चिनीको मात्रा सन्तुलन गर्दछ ।
८- लामखुट्टेले टोकेर दुखेमा
लामखुट्टेले टोकेर दुखेमा, चिलाएको वा सुन्निएको ठाउँमा केराको बोक्राको भित्री भाग दल्नाले दुखाइ तथा चिल्चिलाहट कम हुन्छ ।
९- स्नायु स्वास्थ्य
केरामा हुने भिटामिन बी का कारण स्नायु प्रणाली स्वस्थ बन्दछ ।
१०- अल्सर
आन्द्रामा घाउ हुने अर्थात् अल्सरका रोगीका लागि समेत केराको सेवन उपयुक्त हुन्छ । यसले पेटको अम्लपना समेत सन्तुलित गराउने भएकाले यो अल्सर तथा ग्यास्ट्राइटिसका रोगीका लागि फाइदाजनक हुन्छ ।
११- जिउको तापक्रम नियन्त्रण
गर्मी याममा सरीरको आँत सितल पार्नका लागि केराको सेवन निकै उपयोगी हुन्छ । यसले सरीरबाट नष्ट हुने पानी तथा चिनीको भरणपोषण तत्कालै गरिदिन्छ ।
वास्तवमा केरा फलहरु मध्येमा सबैभन्दा उत्तम फल भन्दा फरक पर्दैन । यसमा स्याउमा भन्दा ४ गुणा बढि प्रोटिन, दोब्बर कार्बोहाइड्रेट, तेब्बर फोस्फोरस, पाँच गुणा बढि भिटामिन ए तथा आइरन पाइनुका साथै दोब्बर मात्रामा अन्य भिटामिन तथा लवण पाइन्छ ।








