होमपेज > नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटिएफ) महासंघको २७औं साधारणसभा

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटिएफ) महासंघको २७औं साधारणसभा

बिज्ञापन
बिज्ञापन

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो (आइटिएफ) महासंघको २७औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ।

बिज्ञापन

लाजिस्पाटस्थित सम्पदा गार्डेनमा प्रवीणकुमार कार्कीको अध्यक्षतामा आइटिएफ महासंघको २७औं वार्षिक साधारणसभा सम्पन्न भएको हो। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य डा. शशांक कोइरालाले उक्त साधारणसभाको उद्घाटन गरेका थिए। सो अवसरमा कोइरालाले देशले सफलता पाउन तीनै तहका सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्नुपर्ने धारणा राखे। कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ पूर्वअध्यक्ष एवम् एसिया आइटिएफका कार्यकारी सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स कमिटी (एनएमजिसी) का महासचिव रूपसिं मोक्तान र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्र घर्तिमगर उपस्थित थिए।

बिज्ञापन

बन्दसत्रमा अध्यक्ष प्रवीणकुमार कार्कीको वार्षिक तथा सांगठनिक प्रतिवेदन पास भएको थियो। साधारणसभाले महासंघका कोषाध्यक्ष विक्रम बाठामगरको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पास गर्‍यो। कार्यक्रममा महासचिव घमबहादुर थापामगरले आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए। साधारणसभामा १९ जिल्ला र प्रदेश गरी कुल ९१ जना प्रतिनिधि सहभागी थिए। सो अवसरमा महासंघले यसै वर्ष अन्तर्राष्ट्रिय अम्पायर कोर्ष आयोजना र देशका विभिन्न ठाउँमा समयानुकुल राष्ट्रिय प्रतियोगिता गर्ने लगायत विभिन्न कार्यक्रमसमेत प्रस्तुत गरेको थियो।

महासंघका अध्यक्ष कार्कीले नेपाललाई विश्वमाझ पहिचान दिलाउन सबैभन्दा उत्तम माध्यम खेलकुद रहेको उल्लेख गर्दै राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन्। विश्वलाई नै एकै ठाउँमा उभ्याउन खेलबाहेक कुनै क्षेत्रले नसक्ने भन्दै उनले खेलकुदको माध्यमबाट देशले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्ने धारणा राखेका छन्।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते