होमपेज > भारततिर जाँदै गरेको १८९ किलो गाँजा बरामद, ४ जना नियन्त्रणमा

भारततिर जाँदै गरेको १८९ किलो गाँजा बरामद, ४ जना नियन्त्रणमा

बिज्ञापन
बिज्ञापन

प्रहरीले विराटनगरमा दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद गरेको छ । प्रहरीले दुवै गाडीमा सवार ४ जनालाई पनि नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

सोमबार राति विराटनगर महानगरपालिका–१७ मण्टापोखरी चोकमा भारतको जोगवनीतिर जाँदै गरेको को २ च ७५९ नम्बरको स्कोरपिओबाट सोमबार राति १४६ किलो गाँजा र सोमबार बिहान विराटनगर महानगरपालिका–१५ मा कारभित्र ४३ किलोग्राम गाँजा बरामद गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१७ मण्टापोखरीबाट स्कारपिओलाई प्रहरीले राति ८: ४५ बजेतिर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

बिज्ञापन

६ वटा बोराभित्र प्याक गरेर गाडीको पछाडिको साइडमा लुकाइ राखिएको अवस्थामा गाँजा फेला परेको थियो । नियन्त्रणमा लिने क्रममा स्कोरपिओले एक जना प्रहरीलाई ठक्कर दिएको छ । स्कारपिओ चालक धरान उपमहानगरपालिका–४ १७ का ४५ वर्षीय सुक्षिम राई र स्कोरपिओमा सवार धरान–११ का ४६ वर्षीय देवराज राईलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान पनि विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित बा ८ च ७८८० नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पनि पक्राउ गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते