होमपेज > किन मनाइन्छ विश्वकर्मा पूजा? यस्तो छ धार्मिक महत्व

किन मनाइन्छ विश्वकर्मा पूजा? यस्तो छ धार्मिक महत्व

बिज्ञापन
बिज्ञापन

विश्वका आदि शिल्पकार भगवान विश्वकर्मा पूजा असोज १ गते मंगलबार मनाइदैछ । उक्त दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास छ । विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ ।

बिज्ञापन

विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । भगवान विश्वकर्माले नै देवताहरुका लागि अस्त्रहरु, भवनहरु तथा मन्दिरहरुको निर्माण गरेका थिए ।

बिज्ञापन

उनले सृष्टिको रचनामा भगवान ब्रम्हालाई सहयोग गरेका थिए । उनलाई विश्वकै पहिलो शिल्पकार समेत मानिन्छ । शिल्पकार खासगरी ईन्जिनियरिङ काममा सक्रिय व्यक्तिहरुले उनलाई आफ्ना आराध्य देव मान्दछन् र उनको विशेष पूजा गर्छन् ।

विश्वकर्मा भगवान को हुन् ?

बिज्ञापन

भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटाछुटै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवान विश्वकर्माको महत्व यो कुराले पनि सम्झिन सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।

उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।

विश्वकर्मा पूजाको आध्यात्मिक महत्व

जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।

विश्वकर्मा पूजा विधि

बिहान नुहाएपछि चोखो कपडा लगाएर भगवानमा विश्वकर्माको मूर्ति अथवा तस्बिरको अघिल्तिर बस्नु पर्छ । भगवान विश्वकर्माको पूजा-आरती गरेपछि पूजा सामग्रीहरु जस्तै, अक्षता, बेसार, फूल, पान, ल्वाङ, सुपारी, मिठाइ, फल, धूपबत्ति तथा रक्षासूत्र आदिले विधिपूर्वक पूजा गर्नु पर्छ ।

भगवान विश्वकर्माको पूजा गरेपछि सबै हातहतियारलाई बेसार-अक्षता दल्नु पर्छ । त्यसपछि कलशलाई पनि बेसार, अक्षता र रक्षासूत्र चढाउने । त्यसपछि पूजा मन्त्रहरुको उच्चारण गर्ने । पूजा सम्पन्न भएपछि आफ्ना सहकर्मी, छरछिमेक तथा नातेदारहरुलाई पूजाको प्रसादी वितरण गर्नु पर्छ ।

विश्वकर्मा पूजाको महत्व

हरेक वर्ष मेसिन, हात हतियार तथा सवारीसाधनको पूजा गर्नाले तीनिहरु चाँडै बिग्रदैनन् । मेशिन पनि सुचारु रुपमा सञ्चालन हुन्छ, किनभने भगवान विश्वकर्माको त्यसमाथि कृपा बनिरहेको हुन्छ । नेपालमा काठमाडौंसहित तराईको प्राय सबै जिल्लाहरुमा विश्वकर्मा पूजा धुमधामका साथ मनाउने गरिन्छ ।

शास्त्रहरु तथा पुराणहरुमा भगवान विश्वकर्मालाई वास्तु शास्त्र तथा यन्त्रहरुको देवता मानिएको छ । हिन्दू परम्परा अनुसार उनको पूजा तथा यज्ञ सम्पूर्ण विधि-विधन अनुसार गरिन्छ । भगवान विश्वकर्माको कृपा पाउनका लागि उनका १ सय ८ नामहरुको पाठक गर्नु निकै नै फलदायी समेत मानिन्छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते