आइतबार बेलुका परेको भारी वर्षाले काठमाडौंको अनामनगरस्थित धोवी खोलाले चालकसहित ट्याक्सी बगाएको छ ।
बिज्ञापन
ट्याक्सीभित्र चालकमात्रै थिए । मदन भण्डारी कलेज छेउबाट बगाएको उक्त ट्याक्सीका चालक सकुशल निस्केर सिंहदरबार ट्राफिक प्रहरीको सम्पर्कमा आएको उपत्यका ट्राफिक प्रहरीका एसपी विश्व खड्काले जानकारी दिएका छन् ।
बिज्ञापन
ट्याक्सी पनि रोज बड स्कुल नजिकै भेटिएको छ । ट्याक्सीलाई क्रेनले निकाल्न लागिएको खड्काले बताए ।








