नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०४ मा बिहीबारदेखि कञ्चनबारी शाखा संचालनमा ल्याएकोे हो ।
बिज्ञापन
यो शाखा सहित बैंकको शाखा संख्या २७३ पुगेको छ । नयाँ शाखाबाट बिहीबारदेखिनै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका कोशी प्रदेश प्रमुख श्री यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरे ।
बिज्ञापन
उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहकमहानुभावहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । हाल बैंकको २७३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।








