होमपेज > यौन दुर्व्यवहारमा परेको आशङ्कामा ४ सय २ जना बालबालिका र किशोरकिशोरीको उद्धार

यौन दुर्व्यवहारमा परेको आशङ्कामा ४ सय २ जना बालबालिका र किशोरकिशोरीको उद्धार

बिज्ञापन
बिज्ञापन

मलेसियाको प्रहरीले हेरचाहगृहमा शारिरिक र यौन दुर्व्यवहारमा परेको आशङ्कामा चार सय दुई जना बालबालिका र किशोरकिशोरीको उद्धार गरेको छ । २० वटा हेरचाहगृहमा रहेका उनीहरु लामो समयदेखि शारिरिक र यौन शोषणमा परेको हुन सक्ने प्रहरीको शङ्का छ ।

बिज्ञापन

१ देखि १७ वर्ष उमेर समूहका पीडितले विभिन्न प्रकारका दुर्व्यवहार भोगेको बताएका छन् । प्रहरी महानिरीक्षक रजारुद्दीन हुसेनले एक पत्रकार सम्मेलनमा केही बालबालिकालाई आफ्नै साथीमाथि यौन क्रियाकलाप गर्न बाध्य बनाएको पाइएको बताउनुभएको छ । प्रहरीले धार्मिक शिक्षक र हेरचाहकर्तासहित एक सय ७१ जना संदिग्धलाई पक्राउ गरेको छ । यी हेरचाहगृह एक प्रमुख इस्लामिक समूहसँग जोडिएका छन । सेलाङ्गोर र नेगेरि सेम्बिलन राज्यका २० वटा कल्याणकारीगृहमा हिजो प्रहरीले छापा मारेको थियो ।

बिज्ञापन

१७ देखि ६४ वर्ष उमेर समूहका केही व्यक्तिले एक प्रकारको उपचार भन्दै बालबालिकाका यौन अङ्गमा छुने काम गरेको पनि पीडितले गुनासो गरेका छन् । अह्राएको काम नमान्ने बालबालिकालाई तातो धातुका वस्तु प्रयोग गरेर दण्डित गरिएको थियो । बिरामी भएकालाई उनीहरूको अवस्था गम्भीर नभएसम्म उपचारको अनुमति नदिएको पाइएको पनि प्रहरीले जनाएको छ ।

महानिरीक्षक रजारुद्दीनले उद्धार गरिएका बच्चालाई अस्थायी रूपमा राजधानी क्वालालाम्पुरको एउटा प्रहरी केन्द्रमा राखेर स्वास्थ्य जाँच गर्ने बताउनुभएको छ । धेरै बालबालिकालाई उनीहरूका आमाबाबुले राम्रो धार्मिक शिक्षा लिन सकून भनेर हेरचाह र कल्याणकारी गृहमा राखेका प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते