होमपेज > नेपाल ल्यूब आयल लिमिटेडको लाभांश घोषणा

नेपाल ल्यूब आयल लिमिटेडको लाभांश घोषणा

बिज्ञापन
बिज्ञापन

नेपाल ल्यूब आयल लिमिटेडले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बिज्ञापन

यस कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

बिज्ञापन

उक्त प्रस्ताव पारित गर्न यस कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ । नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४४ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७१९.६० प्रतिशत धेरै हो ।

यसको प्रतिसेयर आम्दानी ७३.२७ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ११.१९ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ ६५७.४० रुपैयाँ रहेको छ। यसको दोस्रो बजारमा २८४.९० रुपैयाँ प्रतिकित्ता सेयर कारोबार भइरहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते