प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुलेमान शंकर (ईकु) भन्ने सूर्यमान शंकरलाई पक्राउ गरेको छ। उनले कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिहरुसँग रकम असुल गरेको प्रहरीको दाबी छ ।
बिज्ञापन
सीआईबीका अनुसार उनले नेपाली सांस्कृतिक कार्यक्रमहरूमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी १५ देखि २० लाखसम्म रकम ठगी गर्ने गरेको पाइएको छ । कलकार इकुले विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ भन्दै पीडितहरूको सम्पर्कबाट बाहिर रहने गरेको प्रहरीले जनाएको छ ।
बिज्ञापन
उनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।।








