गुराँस लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बिज्ञापन
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
बिज्ञापन
हाल कम्पनीको चुक्तापुँजी १० करोड १४ लाख रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। गत वर्ष भने कम्पनीले ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा कम्पनीले लाभांश दर बढाएको छ।








