दार्चुलाका प्रहरीले सवा ६ लाख बढी मूल्यका अवैध रुपमा रहेको सामान बरामद गरेको छ । शैल्यशिखर नगरपालिका–९ सतभोगेबाट ६ लाख ३३ हजार मूल्य बराबरको सामानसहित जिप नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सडकमा रोकिराखेको अवस्थामा म १ ज २२० नम्बरको बोलेरो जिपलाई शंका लागि चेकजाँच गर्दा अवैध रुपमा भारतबाट भन्सार छली गरी भित्रिएका सामान फेला परेको जनाएको छ । जसमा घोडा बिडी १९ पेटी, सलाई ४८ बन्डल र हाइक्लास सुर्ती ३ बोरा बरामद गरिएको हो ।
बिज्ञापन
उक्त सामान र जिपलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








