होमपेज > ग्लोबल आइएमई बैंकले एकसाथ ल्यायो नयाँ खाता खोल्दा ५ वटा फाइदा

ग्लोबल आइएमई बैंकले एकसाथ ल्यायो नयाँ खाता खोल्दा ५ वटा फाइदा

बिज्ञापन
बिज्ञापन

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरुसहित पाँच वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ ।

बिज्ञापन

यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता खोल्न आवेदन दिन पाइने छ । ग्लोबल आइएमई क्यापिटलमा धितोपत्रको कारोबार (खरिद तथा विक्रि) का लागि आवश्यक पर्ने डिम्याट खाता र सोको संचालनको लागि मेरो शेयर, आइपिओ भर्न चाहिने सि–आस्वा रजिष्ट्रेशन नम्बर र जेबिएनएल सेक्यरिटिजमा शेयर बजारमा शेयर खरिद तथा विक्रिका लागि आवश्यक पर्ने टिएमएस खाता सुविधा ग्राहकले पाउने छन् ।

बिज्ञापन

यो सुविधा बैंकले हालसालै सार्वजनिक गरेको डिजिटल युनिभर्समा पनि उपलब्ध छ । डिजिटल युनिभर्सको माध्यमबाट घरमै बसी आवश्यकता अनुसार यो सुविधा प्रयोग गर्न सकिनेछ । यी सेवाहरु बैकको ३५४ वटा शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ । बैंकमा नयाँ खाता खोलेर वा आफ्नो भइरेको खातालाई यस योजनामा परिमार्जन गरेर र निष्क्रिय भएको खातालाई सक्रिय गराएर पनि यस योजनामा सामेल हुन सकिनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते